🔊 Live Radio Stream

नाम्खा अध्यक्ष कप प्रतियोगिता सम्पन्न, विजेता खेलाडी तथा उत्कृष्ट विद्यार्थी सम्मानित

radiomansarowar.com

नाम्खा गाउँपालिकाको आयोजनामा सञ्चालित अध्यक्ष कप २०८३ सम्पन्न भएको छ । उक्त समापन कार्यक्रम नाम्खा गाउँपालिका वडा नं ४ का अध्यक्ष लातार लामाको अध्यक्षता तथा गाउँ पालिका अध्यक्ष प्रेम लामाको प्रमुख आथित्यमा  संचालन गरिएको थियो । प्रतियोगिता अन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर दौड, हाईजम्प, लङजम्प, सटपुट, ज्याभलिन थ्रो लगायत विभिन्न खेलकुद २२ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महाबौद्ध माध्यमिक बिद्यालयलाई नगद रु ७५ हजार, मेडल तथा प्रमाणपत्र,द्धितिय स्थान हासिल गर्ने तातोपानि आधारभुत बिद्यालय केर्मिलाई नगत रु ६५ हजार मेडल तथा प्रमाणपत्र तृतिय हुने बुद्ध आधारभुत बिद्यालय हेप्कालाई ५० हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभएको छ । त्यसैगरी कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । एस ईई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गर्दै थप अध्ययनका लागि प्रोत्साहन गरिएको थियो । 

समापन कार्यक्रममा गाउँपालिका अध्यक्षले खेलकुद र शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता बीच सम्पन्न भएको थियो ।

प्रतिक्रिया