कर्णालीको सत्ता राजनीतिमा मन्त्री छनोटको रस्साकस्सी चलिरहेका बेला नेकपा कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पुरानो फोटो आज सामाजिक सञ्जालमा पुनः पोस्ट गरेपछि हुम्लाको राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।
केसीको पुरानो फोटो आजै पोस्ट हुनुलाई हुम्लाबाट प्रदेशसभा सदस्य जुम्कित लामालाई मन्त्री बनाउने संकेतका रूपमा राजनीतिक वृत्तमा अर्थ्याउन थालिएको छ। यसअघि नै हुम्ला जिल्ला पार्टीले लामालाई मन्त्री बनाउन पार्टी नेतृत्वसमक्ष निर्णयसहित राय पठाएको विषय सार्वजनिक भइसकेको छ।
त्यसैले पुरानो फोटो आजै पुनः पोस्ट हुनु संयोग मात्रै हो कि हुम्लाबाट जुम्कित लामाको मन्त्री बन्ने बाटो खुल्दै गएको संकेत हो? भन्ने प्रश्न अहिले कर्णालीको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।
यद्यपि, नेकपाले जुम्कित लामालाई मन्त्री बनाउने औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन।
७ भदौ २०८३, आईतबार १०:१९ मा प्रकाशित