🔊 Live Radio Stream

ताँजाकोट प्रशासनिक भवनमा भएको आगलागी घटनाबारे अनुसन्धानका लागि दुई जना पक्राउ

radiomansarowar.com

हुम्ला भदौ -२२ हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी भएको १४ दिनपछि प्रहरीले अनुसन्धानका लागि स्वास्थ्य संयोजक धनराज ढकाल र स्थानीय कृष्णचन्द्र जैशीलाई पक्राउ गरेको छ। भदौ ८ गते भएको आगलागीमा आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ सम्मका महत्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए। प्रहरीले घटनाको कारण र उनीहरूको सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया