🔊 Live Radio Stream

एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा ८ दलका उम्मेदवारद्वारा मनोनयन दर्ता

radiomansarowar.com

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लाबाट हालसम्म  ८ राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुम्लाका नेता छक्क बुढाले सबैभन्दा पहिले मनोनयन दर्ता गरेका थिए । एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेकपा एमालेबाट दल फडेराले दोस्रोमा मनोनयन दर्ता गराएका हुन् । त्यसपछि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डा. दिपेन्द्र रोकायाले उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा (माओवादी) बाट कुम्भ बुढा (निर्माण सी), नेपाली कांग्रेसबाट जयपति रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २६ वर्षीया टासी ल्हाजोम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट जटिल कार्की र मितेरी नेपाल पार्टीबाट जयबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । नर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको समय आज बेलुका ५ बजेसम्म तोकिएको थियो ।


प्रतिक्रिया