🔊 Live Radio Stream

आफ्ना राम्रा समाचार सुनाउँदै लालीगुराँसको दोस्रो सामाजिक संवाद सम्पन्न

radiomansarowar.com

सिमकोट–६ स्थित लामा सांस्कृतिक मञ्चको खुला चौरमा प्रोपब्लिकको सहजीकरणमा लालीगुराँस उद्यमशील महिला समूहको दोस्रो चरणको सामाजिक संवाद सम्पन्न भएको छ।

पहिलो बैठकका बाल्यकालका कथालाई सम्झँदै सहभागीहरूले आँखा चिम्लेर शरीरका विभिन्न अंगको महसुस गर्ने अभ्यास गरे। त्यसपछि आफूले जीवनमा भोगेका राम्रा समाचार तथा सकारात्मक अनुभवहरू कागजमा चित्र र शब्दमार्फत उतार्दै पालैपालो प्रस्तुत गरेका थिए।

आफ्ना राम्रा अनुभव र समाचार एक–अर्कासँग बाँड्दा सहभागीबीच आत्मीयता, विश्वास र सकारात्मक सोचको विकास भएको थियो। दिउँसो ३ः३० बजे सुरु भएको कार्यक्रम साँझ ६ः३० बजे सम्पन्न भएको सहजकर्ता छपाल लामाले रेडियो मानसरोवरलाई जानकारी दिनुभयो। आगामी बैठक भदौ २६ गते बस्ने निर्णय गरिएको छ।

प्रतिक्रिया