हुम्ला सिमकोट - सिमकोटमा जारी १६ औं राष्ट्रपति रनिङ शिल्ड सर्केगाड गाउँपालिकाको चर्को विवादकै बीच एक तर्फि रुपमा सम्पन्न गरेको पालिका अध्यक्ष ठान बहादुर रोकायाले रेडियो मानसरोवरलाइ बताउनु भयो । सर्केगाड गाउँपालिकाका अध्यक्षका अनुसार एथलेटिक्स अन्तर्गतका १३ खेलमध्ये कबड्डी र तीन हजार मिटर दौड प्रतियोगितामा आफूले दर्ता गराएपनि अन्य गाउँपालिकाले सहभागिता नभएकाले सर्केगाडलाई प्रतिष्प्रर्धा विनै बीजेता घोषणा गर्नुपर्ने माग रहेको थियो ।
‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधन २०८० को अनुसूची ४ बमोजिमका खेल खेलाउने आयोजक सामाजिक विकास कार्यालय हुम्लाको पत्र अनुसार हामीले (सर्केगाड)ले कबड्डी र तिन हजार मिटर दौड समेत दर्ता गराएका थियौं’ सर्केगाड गाउँपालिकाका अध्यक्ष रोकायाले थपे, ‘तर आयोजकले अन्य पालिकाबाट खेलाडी नभएको भन्दै उक्त दुई खेल नखेलाएरै बिजेता घोषणा गरेपछि हामीले बिरोध गरेका हौं । उता आयोजक सामाजिक विकास कार्यालय हुम्लाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधन २०८० को दफा ९ को उपदफा ४ मा अनुसूची ४ बमोजिमका खेलहरु खेलाउने व्यवस्था गरेको भएपनि उपदफा ९ ले जिल्ला स्तरमा सहभागि हुन आउँदा प्रत्येक स्थानीय तहबाट टिम इभेन्टसहरुमा एक–एक टिम, अन्य टिम इभेन्टसमा बढिमा तिन तिनजना खेलाडीलाई सहभागि गराउन सकिनेछ भन्ने व्यवस्था उल्लेख भएकाले सर्केगाडलाई मात्र एक प्रतिष्प्रर्धा गराउने अवस्था नआएको बताएको छ ।
गतवर्षको शिल्ड बिजेता सर्केगाड गाउँपालिका १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पछिको दुई पटकको बिजेता हो । सरकारले जारी गरेको राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाको दफा १५ को उपदफा १ ले लगातार तीन पटक शिल्ड जिते सँधैका लागि राख्न पाउने भन्ने व्यवस्था भएपछि यो पटक सर्केगाडलाई जसरी पनि जित्नै पर्ने बाध्यता थियो । त्यही अनुसार सर्केगाडले लामो तयारीका साथ निर्देशिकाको अनुसूची ४ अनुसारका सबै विधामा प्रतियोगि तयार गरेको ल्याएको थियो । जिल्ला सदरमुकाम सिमकोटमा जारी १६ औं राष्ट्रपति रनङि शिल्ड प्रतियोगितामा भएको विवादले तिब्र रुप लिएपछि थप राय लागि आयोजक सामाजिक विकास कार्यालयले कर्णाली खेलकद विकास पषिदलाई लिखित पत्राचार गर्यो ।
त्यसको प्रतिउत्तरमा प्रदेश खेलकुद विकास पषिद्ले पठाएको पत्रले पनि सर्केगाडलाई आशा जगाएपछि विवाद थप चर्कियो । वैशाख २५ गते चलानी नं. ६० को पत्रमा प्रदेश खेलकुद परिषदले सामाजिक विकास कार्यालयलाई दुई बुधें राय दिएको छ । तर उक्त रायमा पनि परिषद आफै कन्फीडेण्ट देखिन्न । ‘कबड्डी तथा ३००० मिटर दौड खेलमा एकमात्र टिम÷खेलाडी सहभागि भएको अवस्थामा सोही टिम खेलाडीलाई (प्रतिष्प्रर्धा विना बिजेता) घोषण गर्न सकिने प्ररिषद्का सदस्य सचिव रविन चन्दद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, । यसले पनि विवादलाई थप चर्काउने काम गरेको देखिन्छ । अन्तमा सुरक्षाकर्मीको घेरामा शनिबार साँझ उक्त पुरस्कार वितरण गरिएको आयोजक सामाजिक विकास कार्यालय हुम्लाले जनाएको छ ।