🔊 Live Radio Stream

सरकार मुख दर्शक कर्णाली करीडोर अन्तरगत बाजुराको धुलाचौरमा युवाहरुले बन्द गर्दा हुम्ली यात्रुहरु घण्टौ देखी अलपत्र ः जिल्ला प्रशाशन कार्यालय हुम्लामा बसेको सर्बपक्षिय बैठक ३ वटा निर्णयका साथ सम्पन्न

radiomansarowar.com


हुम्ला र बाजुराबीचको सीमा विवाद फेरि सतहमा आएको छ । हुम्लाका विभिन्न राजनीतिक दल तथा सरोकारवालहरुको जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले हुम्ला र बजुरा जिल्लाको सिमानामा रहेको रानिसैनाको बिबाद अन्तत कर्णाली राजमार्ग बन्द गर्ने अस्थामा पुगेको छ । बजुरा जिल्लाका युवाहरुले धुलाचौर स्थित कर्णाली राजमार्ग बन्द गर्दा हुम्ली यात्रुहरु ४८ घण्टा यता अलपत्र परेका छन् ।

यसको बिषयमा जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले बन्द गरेको घटना प्रति दुःख ब्यतm गदै रानिसैन क्षेत्र हुम्लाको हो बिगत देखि हुम्ली जनाहरुले भोगचलन गदै आएको उतm क्षेत्रलाइ उच्च स्तरबाट दिर्घकालीन समस्या समधानका लागी दुइ जिल्ला बिच छलफल गर्न नेपाल सरकारलाइ अनुरोध गरिएको छ । यो संगै बन्द गरिएको धुलाचौरको सडक संगै हुम्ला जिल्लाका नागरीहरुले त्यस क्षेत्रमा संचालन गदै आएका होटल पलसहरु खोल्नु पर्ने बैठकले निर्णय समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मिको अध्यक्षतामा बसेको बैठकमा सिमकोट गाउपालिका अध्यक्ष बिजय भण्डारी उपाअध्यक्ष सुसिला रोकाया नाम्खा गाउपालिका उपाअध्यक्ष तक्दीर लामा लगाएत राजनिति दलका प्रमुख एवम प्रतिनिधि,सरोकारवाल र जिल्लामा क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया