नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीको कहालीलाग्दो क्षति देखिएको छ। सुरक्षाकर्मीले खोजी गर्दा एउटै घरबाट २४ जनाको शव फेला पारेका छन्। मृतकमध्ये १३ महिला, ११ पुरुष र एक बालक छन्।
बाढीले ज्यान गुमाएकाहरूको पहिचान अझै खुल्न सकेको छैन। शवहरू पोस्टमार्टम तथा पहिचानका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। एउटै घरबाट यति ठूलो संख्यामा शव भेटिएपछि बेत्रावतीमा शोक र सन्नाटा छाएको छ।
१६ भदौ २०८३, मङ्गलबार १०:४७ मा प्रकाशित