🔊 Live Radio Stream

रामदेब माध्यमिक बिद्यालयमा संचालीत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

radiomansarowar.com

सिमकोट गाउँ पालिका  वडा  नम्बर २ स्थित रामदेब माध्यमिक बिद्यालयमा शुक्रबार संचालन भएको अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्षको २०८२ । ०८३ को शैक्षि सुधारको बिषयमा अन्तर कृया भएको रामदेब माध्यमिक बिद्यालयका सुचना अधिकारी दिपेन्द्र भण्डारीले रेडियो मानसरोवर लाई जानकारी दिनु भएको छ । रामदेब माध्यमिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नर भण्डारीको अध्क्षातामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सिमकोट गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत बर्ष बहादुर फडेरा कार्कीको प्रमुख आथित्य र सिमकोट गाउँ पालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख किष्ण आचार्यको बिशेष आथित्यमा कार्यक्रम संचालन भएको अधिकारी भण्डारीले बताउनु भएको हो । यसै गरि कार्यममा जिल्ला समन्वय समिति सदस्य दिफ भण्डारी,कार्यापालिका सदस्य डाँफु बोहरा, वडा नं. १ का सदस्य गोरख बहादुर भण्डारी, रल्लिङ माध्यमिक बिद्यालयका प्रधानध्यापक लगात ५ वटा बिद्यालयका प्रधानध्यापक र वडा न.ं १ र २ का स्थानिय बासी को उपस्थिति रहेको समेत भण्डारीले बताउनु भएको छ । 

प्रतिक्रिया