जेष्ठ नागरिकको सम्मान हाम्रो सभ्याताको पहिचान भन्ने मुल नाराको साथ जेष्ठ नागरिक जिल्ला संघ द्धारा मनोरन्जन तथा सचेतना सम्बन्धि एक दिने कार्यक्रम भव्य सब्य तबरले सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय हुम्लाको आर्थिक सहयोगमा र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा संचालीत आर्थिक बर्ष २०८२÷०८३ को मनोरन्जन तथा सचेतता कार्यक्रम आयोजना गरिएको हो ।
मानसरोवर होटेलमा संचालीत कार्यक्रममा आयुर्वेदिक कार्यालय सिमकोट हुम्लाकि प्रमुख डाक्टर चाहाना शर्माले सिमकोट गाउँ पालिका वडा नम्बर ४ का जेष्ठ नागरिकहरुलाई अर्थोरेक्स तेल र तुल्सी चिया एक एक प्याकेट बितरण गर्नु भएको थियो ।
कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष अदान सिंह रावतको अध्यक्षतामा,जिल्ला न्यायाधीश निल कण्ठ बरालको प्रमुख आथित्यमा र प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको बिषेश आथित्यमा संचालन भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंखर खड्का,जिल्ला स्थित कृयासिल पत्रकार र सिमकोट गाउँ पालिका वडा न. ४ का जेष्ठ नागरिकहरुको उपस्थिति रहेको रहेको थियो ।