🔊 Live Radio Stream

हुम्लाले गुमायो एक कुशल राष्ट्रसेवक, बाढीपहिरोमा भन्सार अधिकृत नवकुल शर्माको निधन

radiomansarowar.com

भदौ _१६ ३६ वर्षीय भन्सार अधिकृत नवकुल शर्माको बाढीपहिरोमा परी दुःखद निधन भएको छ। गोरखाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शव शर्माको भएको पुष्टि भएको हो।

शर्माको शारीरिक बनावट तथा शरीरमा रहेका पहिचान खुल्ने चिन्हका आधारमा सनाखत गरिएको थियो। कानुनी प्रक्रिया पूरा गरी उहाँका जेठान गणेशप्रसाद सन्ज्यालले शव बुझेका छन्।

कुशल राष्ट्रसेवक शर्माको निधनले हुम्लाले एक होनहार जनशक्ति गुमाएको छ। स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

प्रतिक्रिया