🔊 Live Radio Stream

सिमकोट गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एकमहिने स्क्रिनिङ अभियान अध्यक्ष भण्डारी द्वारा समुद्द्घाटन

radiomansarowar.com

सिमकोटमुद्द्घाटन गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एकमहिने  स्क्रिनिङ अभियान २०८२ स भएको छ । उक्त कार्यक्रम आज बिहान ११ ः ३० बजे सिमकोट गाउँ पालिकाको प्राङगरमा भएको हो । 

कार्यक्रममा गाउपालिका अध्यक्ष बिजय भण्डारीले समुद्द्घाटन सिमकोट गाउँ पालिकाको पारिवारिक स्रोतले जनाएको छ ।  कार्यक्रममा सिमकोट गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष र सिमकोट गाउँ पालिकाका कर्मचारी लगाएत पत्रकारहरुको उपस्थित रहेको थियो ।

यस कार्यक्रम अन्तरगत सिमकोट गाउँपालिका भित्रका सबै वडामा क्रमिक रुपमा ३० बर्ष माथिका नागरिकहरूको निशुल्क स्वास्थ्य परिक्षण गराईने छ भने सिमकोट गाउँ पालिकाका स्थानियहरुले आफ्नो नजिकको पायक पर्ने स्वास्थ्य सस्थामा गइ स्वास्थ्य जाँच गराउनु हुन समेत गाउपालिका अध्यक्ष भण्डारीले अनुरोध गर्नु भएको छ ।

उक्त एकमहिने  स्क्रिनिङ अभियानमा उच्च रक्तचाप, BMI ( मोटोपना) मधुमेह ( रगतमा सुगर ) र मिर्गौला रोग जस्ता सेवाहरु दिईने छ । 


प्रतिक्रिया