सुर्खेत भदाै ९-कर्णाली प्रदेश सरकार गठन भएको चार साता पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। नेकपाभित्र मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि जिम्मेवारी पार्टी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई दिइएको छ।
नेकपाको भागमा परेका तीन मन्त्रालयका लागि हुम्लाकी जुम्कित लामा, रुकुम पश्चिमकी मिलन खड्का र सुर्खेतका विन्दमान विष्टसहितका नेताहरूको नाम चर्चामा छ। पूर्वसमाजवादी धारलाई समेत समेट्ने दबाबले समीकरण थप पेचिलो बनेको छ।
मन्त्री छनोटमा ढिलाइ हुँदा प्रदेश सरकारको कामकारबाही प्रभावित भएको भन्दै आलोचना बढेको छ।
९ भदौ २०८३, मङ्गलबार ०७:३२ मा प्रकाशित