🔊 Live Radio Stream

सर्केगाड गाउँपालिका अन्तरगतका ५ वटा सामुदायीक बिद्यालयलाइ प्रविधियुक्त सामाग्री वितरण

radiomansarowar.com

सर्केगाड गाउँपालिका अन्तरगतका सामुदायीक बिद्यालयलाई प्रविधियुक्त सामाग्री वितरण गरिएको छ । पालिका भित्र रहेका ५ वटा सामुदायीक विद्यालयलाई प्रविधि मैत्री भौतिक पुर्वधारको माध्यम बाट शिक्षाको गुणस्तर अभिवृदी आयोजनामा स्मार्ट वोर्ट २५ थान,प्रत्येक बिद्यालयलाई ४÷४ वटा सिसि टिभि क्यामारा,ई हाजरी तथा प्रोजेक्ट ९आई सि।टि० सामाग्री वितरण गरिएको सर्केगाडगाउँ पालिका अध्यक्ष ठान बहादुर रोकायाले रेडियो मानसरोवरलाइ टेलिफोन मार्फत जानकारी दिएका छन् ।

सर्केगाड गाउँ पालीकावडा नम्बर १ को सरस्वति मा बि,देवल मा बि, वडा नम्वर ३ को लाली गुराँस मा बि लिप्ने, वडा नमबर ४ को हिमजोती मा।बि र वडा नम्बर ७ को कोट मा बि राडिकोट,लाई सामाग्री बितरण गरिएको अध्यक्ष रोकायाले बताएका छन् । उक्त सामाग्री संघिय बिशेश अनुदान तर्फ रहेको समेत अध्यक्ष रोकायाले बताए  । 








व्ृ


प्रतिक्रिया