काठमाडौं भदौ -२५ गौरीकुमारी यादवले उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहलाई सिफारिस गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले साहको नाम राष्ट्रपतिसमक्ष उद्योगमन्त्रीका लागि सिफारिस गर्नुभएको हो। यादवको राजीनामापछि रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने तयारी गरिएको छ।
साह यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत भइसक्नुभएको थियो। उहाँ चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो।
हाल साह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनुभएको र मन्त्रिपरिषद् बैठक जारी रहेको जनाइएको छ।
२५ भदौ २०८३, बिहिबार ०४:२३ मा प्रकाशित