🔊 Live Radio Stream

“हुम्लामा नयाँ आयाम सुरु : संवादबाट महिला सशक्तीकरणका लागि राम्पाल समूह गठन”

radiomansarowar.com

हुम्ला, साउन २२ । महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रो पब्लिकको सहजीकरणमा सिमकोट गाउँपालिकामा ५ वटा सशक्तीकरण सामाजिक संवाद समूह गठन गरिने भएको छ।

यसैक्रममा सिमकोट गाउँपालिका–१ र २ का १५ जना सहभागीको उपस्थितिमा राम्पाल सशक्तीकरण सामाजिक संवाद समूह गठन गरिएको छ। समूहमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषको सहभागिता रहेको छ।

समूहलाई ७ चरणसम्म सञ्चालन गर्दै प्रो पब्लिकका सहजकर्ता बर्ख बोहरा, छपाल लामा र विवेचना रावलले संवादमार्फत आर्थिक तथा सामाजिक सशक्तीकरण, उद्यमशीलता र आत्मनिर्भरताका विषयमा सहजीकरण गर्नेछन्।

सिमकोटमा गठन हुने ५ वटै समूहले संवाद, बचत, आयआर्जन तथा उद्यमशीलतामार्फत स्थानीय महिला तथा समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया