🔊 Live Radio Stream

जिल्ला सभामा ६ वटा गाउँ पालिका उपाध्यक्ष अनुपस्थित

radiomansarowar.com


जिल्ला सभाको बैठकमा खार्पुनाथ गाउँ  पालिकाका उपाध्यक्ष बाहेक जिल्लाका अरु छ वटा गाउपालिका उपाध्यक्षहरुको अनुपस्थित रहेक छन्। आज हुुदै गरेको जिल्ला सभाको बैठकमा उपाध्यक्षहरूको सहभागिता नदेखिएपछि बैठक प्रभावित भएको छ।
उपाध्यक्षहरूको अनुपस्थितिका कारण महत्वपूर्ण एजेण्डाहरूमा छलफल गर्न कठिनाइ भएको सभामा सहभागीहरूले बताएका छन्। अनुपस्थितिको कारण भने खुल्न सकेको छैन।
जिल्ला समन्वय समितिले भने जिल्लाका सात वटै पालिकाहरुलाई पत्र तथा मेल मार्फत उपस्थित हुन जानकारी गरेको जिल्ला समन्वय समितिको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया