कर्णाली प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट तीन जना मन्त्रीले शपथ लिएका छन्।
एमालेका तर्फबाट जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कलबहादुर हमाल, सामाजिक विकास मन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला तथा योजना मन्त्रीमा टेकराज पछाईँ नियुक्त भएका हुन्।
नवनियुक्त तीनै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
नवनियुक्त मन्त्रीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
३ भदौ २०८३, बुधबार ०७:४९ मा प्रकाशित