काठमाडौं भदौ -१८ सरकारले रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
त्यस्तै, भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा जेनजी शहीद दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय यसअघि नै गरिसकेको छ।
यससँगै भदौ २२ गते राष्ट्रिय शोक र २३ गते सार्वजनिक बिदा गरी लगातार दुई दिन देश शोक र स्मरणमा रहने भएको छ।
१८ भदौ २०८३, बिहिबार ०४:३५ मा प्रकाशित