🔊 Live Radio Stream

नाम्खा गाउँपालिका–२, केर्मीमा नेपाल टेलिकमको ४ जि सेवा सञ्चालनमा

radiomansarowar.com

हुम्लाको नाम्खा गाउँपालिका–२, केर्मीमा नेपाल टेलिकमको ४ जि सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएपछि केर्मी तथा आसपासका नागरिकले अब तीव्र गतिको इन्टरनेट सेवाको सहज पहुँच प्राप्त गर्ने भएका छन् । 

यस महत्वपूर्ण उपलब्धिका लागि नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको निरन्तर पहल, समन्वय र नेतृत्वदायी भूमिकाले महत्वपूर्ण योगदान पु¥याएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष लामाको सक्रिय प्रयासका कारण लामो समयदेखि सञ्चार सेवाको विस्तारको प्रतीक्षामा रहेका केर्मीका नागरिक आधुनिक सञ्चार प्रविधिसँग जोडिन सफल भएका छन् । ४ जि सेवा सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, सरकारी सेवा, व्यवसाय तथा सूचना–प्रविधिमा आधारित विभिन्न गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

स्थानीयवासीले पनि गुणस्तरीय सञ्चार सेवाको पहुँच विस्तार भएकोमा खुशी व्यक्त गरेका छन् । गाउँपालिकाले आगामी दिनमा पनि दुर्गम बस्तीहरूमा सञ्चार तथा अन्य आधारभूत पूर्वाधारको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहललाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया