खोल्सि सामुदाकिय स्वास्थ्य इकङाइ ६ महिना देखी नर्सिङ स्टाफ बिहिन बनेको छ । सिमकोट गाउपालिका वडा नम्बर ८ खोल्सिमा रहेको उतm स्वास्थ्य इकाइमा नर्सिङ स्टाफ नहुदाँ महिलाहरुलाइ उपचार गर्न,चेक जाँच गर्न असहज भएको स्वास्थ्य कर्मी धिरन शाहीले रेडियो मानसरोवरलाइ बताउनु भयो ।
स्टाफ नहुदाँ परिवार नियोजन तथा बर्थिङ स्यान्टरमा गर्ववति र डेलिभरी सेवा अबरुध भएको समेत स्वाथ्या कर्मी शाहीले बताउनु भयो । कुनै बेला यस्तो सेवा दिनु परेमा जिल्लाबाट दक्ष स्टाफ बोलाउनु पर्ने बाध्यता रहेको शाहीले गुनासो गर्नु भयो । यसको बारेमा पालिकामा भन्दा पनि हुन्छ पठाइ दिन्छु भनेर ६ महिना यता झुक्याइ रहेको समेत स्वास्थ्य कर्मी एवम इलाका इन्चार्ज साहीले बताउनु भयो ।
स्वास्थ्य क्षेत्रमा यसरी हेलचक्र्याइ गर्नु भनेको जनताहरुको स्वास्थ्य माथि खेलखेली रहेको मान्न सकिन्छ ।
१७ जेठ २०८३, आईतबार ०५:३३ मा प्रकाशित