🔊 Live Radio Stream

स्याडा स्वास्थ्य चौकीमा विश्व स्तनपान सप्ताह कार्यक्रम सम्पन्न, उत्कृष्ट आमाहरू सम्मानित

radiomansarowar.com

स्याडा स्वास्थ्य चौकीमा विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा स्तनपानको महत्व, मातृ तथा शिशु स्वास्थ्यमा यसको सकारात्मक प्रभाव तथा पहिलो ६ महिनासम्म शिशुलाई केवल आमाको दूध खुवाउनुपर्ने विषयमा सहभागी आमाहरूलाई जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा समुदायका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय आमाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सहभागीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरी उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने आमाहरूलाई पुरस्कार वितरण गरिएको स्वास्थ्य चौकीले जनाएको छ।
कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक, प्राविधिक तथा नैतिक सहयोग पुर्‍याउने सहयोगी संस्था आधारा विकास तथा सहयोगी व्यक्तित्वहरूप्रति स्याडा स्वास्थ्य चौकी परिवारले हार्दिक आभार व्यक्त गरेको छ। साथै कार्यक्रमको योजना, व्यवस्थापन, सामग्री तथा पुरस्कार व्यवस्थापन, प्रचारप्रसार लगायतका कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको छ।
स्वास्थ्य चौकीले आगामी दिनमा पनि मातृ तथा शिशु स्वास्थ्य सुधार, स्तनपान प्रवर्द्धन तथा समुदायको स्वास्थ्य विकाससम्बन्धी कार्यक्रमहरूमा सबै पक्षको निरन्तर सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरेको छ। कार्यक्रमको समापनमा विश्व स्तनपान सप्ताहको सन्देश प्रत्येक घरपरिवारसम्म पुर्‍याउन सबैमा आग्रह गरिएको छ ।

प्रतिक्रिया