🔊 Live Radio Stream

हुम्लामा बरामद ४ हजार ८ सय २४ बोतल अवैध चाइनिज मदिरा नष्ट,

radiomansarowar.com

हुम्लामा बरामद गरिएको ठूलो परिमाणको अवैध चाइनिज मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका–३ लामाखोल्सि स्थित ल्याल्जन लामाको घरबाट बरामद गरिएको ४ हजार ८ सय २४ बोतल अवैध चाइनिज मदिरा ‘झिनिगिन्टी’ नष्ट गरिएको हो । 

बरामद मदिरा १ सय ३४ बोरा रहेको र प्रत्येक बोरामा ३÷३ का दरले जम्मा ४ सय २ कार्टुन तथा प्रतिकार्टुन १२ बोतलका दरले कुल ४ हजार ८ सय २४ बोतल रहेको थियो । प्रति बोतल ५ सय रुपैयाँका दरले उक्त अवैध मदिराको कुल मूल्य २४ लाख १२ हजार रुपैयाँ बराबर हुन आउने देखिएको छ । बरामद मदिरा जिल्ला प्रहरी कार्यालय हुम्लाको परिसरमा राखिएको थियो । 

जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ तथा पत्रकार महासंघका प्रतिनिधि तथा जिल्ला स्थित कृयासिल पत्रकारहरूको रोहबरमा मदिराका बोतलहरू  खाल्डोमा पुरी नष्ट गरिएको छ । अवैध मदिरा नष्ट गरेपछि त्यसको विवरणसहितको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपि शंखर खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया