सिमकोट
गत दुईवर्षदेखि हराएका तथा चोरी भएका मोबाइलहरू जिल्ला प्रहरी कार्यालय हुम्लाले आज शुक्रबार एक कार्यक्रमका विच बुझाइएको छ ।
यस अघि हुम्ला जिल्लाका विभिन्न सहर तथा गाउँबस्तीबाट हराएका र चोरी भएका एनरोड (टच) मोबाइलहरू आज मोबााइल धनिकै हातमा बुझाइएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो ।
विभिन्न समयमा हराएका र चोरी गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन गरिएपछि प्रहरीको अपराध अनुसन्धान काठमाण्डौँ र जिल्ला प्रहरी कार्यालय हुम्लाको गोप्य अनुसन्धानको टोलिले उक्त मोबाइलहरू भेटाएपछि आज पत्रकारको रोवहरमा मोबाइल मालिकहरूलाई बुझाइएको थियो ।
गत दुई वर्ष यता हुम्लाबाट १७ वटा मोबाइल हराउनुका साथै ४ वटा मोबाइलहरु चोरी भएका थिए । सबै गरेर २१ वटा टच मोबाइलहरू मध्ये आज १२ वटा मोबाइलहरू मोबाइल धनिहरूलाई जिल्ला प्रहरी कार्यालय मै बोलाएर उनिहरूकै हातमा बुझाएको बताइएको छ ।
हुम्लाबाट हराएका सम्पुर्ण मोबाइलहरू अनुसन्धानका क्रममा जिल्ला बाहिर भेटिएको र प्रहरीको सहयोगमा हुम्लामा पठाएको खवरमा उल्लेख गरिएको छ । हराएका र चोरी भएका उक्त मोबाइलहरू १५ देखि ३५ हजार बराबर मुल्यका रहेको बताइएको छ ।