सिमकोट गाउँपालिकाले स्थानीय पर्व साउने पूर्णिमाको अवसरमा भदौ ११ गते भोली बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार साउने पूर्णिमा पर्व स्थानीय परम्परा र संस्कृति अनुसार भव्यताका साथ मनाउनका लागि गाउँपालिका तथा गाउँपालिकाअन्तर्गतका सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था र वडा कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो।
गाउँपालिकाले सार्वजनिक बिदासम्बन्धी निर्णयबारे सम्बन्धित सबैमा जानकारी गराउँदै पर्वलाई स्थानीय मौलिकता र परम्परा अनुसार मनाउन अनुरोध गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीद्वारा जारी सूचनामा भदौ ११ गते एक दिनका लागि सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।
१० भदौ २०८३, बुधबार ०४:३८ मा प्रकाशित