🔊 Live Radio Stream

ह्ुम्ला जिल्ला पुर्णखोप दिगोपना सुनिश्चित घोषणा रेडियो मानसरोवरलाइ प्रशसा पत्र प्रद्धान रेडियो परिवार द्धारा अभार ब्यतm

radiomansarowar.com

हुम्ला जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ । आइतबार असार २१ ग्ते स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा जिल्लालाइ पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । हुम्लामा रहेका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा खोप सेवा निरन्तर सञ्चालन गर्न आवश्यक व्यवस्थापन, जनशक्ति र अनुगमन प्रणाली सुदृढ भएका आधारमा घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनु रेडियो मानसरोवरलाइ बताउनु भयो  ।

डाक्टर तिवारीका अनुसार ० देखि १५ महिना सम्मका १ हजार ३७ जना र १६ महिनादेखि ५९ महिनाका २ हजार ३३४ गरि जम्मा ३ हजार ३७१ जना बालबालिका पुर्ण खोपबाट लाभान्वित भएका छन् । भौगोलिक रूपमा विकट जिल्ला भए पनि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण पूर्ण खोप दिगोपना सुनिश्चित गर्न सफलता प्राप्त भएको डाक्टर तिवारीको भनाइ छ । कार्यक्रममा जिल्लामा नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्नका लागि सरोकारवाला निकायको थप भूमिका प्रभावकारी हुनु पर्ने खोप समन्वय समिति संयोजक शिवराज शर्माले बताउनुभयो ।

\यसै गरि सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले अब घोषणा मात्र नभई यस उपलब्धिलाई दीर्घकालसम्म कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी रहेको धारणा राख्नुभयो उहाँले प्रत्येक वडामा नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएर जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । एक कार्यक्रमका बिचमा सचालीत पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणामा रेडियो मानसरावलाइ प्रशसा पत्र प्रदान गरिएको छ , यस प्रति रेडियो परिवारद्धारा आभार ब्यतm दर्गछौ ।

प्रतिक्रिया