संघिय खाने पानि तथा ढल ब्यबस्थापन कार्यालय सुर्खेत द्धारा हुम्लाको सदरमुकाम सिमकोटमा निर्माण भएको बृहत खाने पानि आयोजनालाइ सिमकोट गाउँपालिका अन्तरगत सिमकोट खानेपानि उपभोतmा समितिलाइ हस्तान्तरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको सर्ब पछिए बैठकले अबको २ महिना भित्र पानिको उपलब्ध सहित सुचारु सिमकोट गाउँपालिका मार्पmत सिमकोट खानेपानि उपभोतmा समितिलाइ हस्तान्तरण गर्ने आजको बैठकले निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले गरेको हस्तान्तरण निर्णयलाइ संघिय खाने पानि तथा ढल ब्यबस्थापन कार्यालय सुर्खेतले प्रतिबद्धता समेत जनाएको छ । बैठक द्धारा संघिय खाने पानि तथा ढल ब्यबस्थापन कार्यालय सुर्खेतले यस आर्थिक बर्षमा यस कार्यालयबाट प्राप्त सिमकोट खानेपनि आयोजनाको बिनियोजित बजेट रकम बाट पुरानो खाने पानि ट्याङकी एवम पाइप लाइन मर्मत र सिमकोट गाउ पालिका वडा नम्बर ५ र ६ को बजार क्षेत्रमा पाइप लाइन बिस्तारको काम गर्नको लागी अनुरोध गर्ने निर्णय समेत गरिएको छ । २०७८ साल असार १० गते बाट निर्माण कार्य सुरु भएको उतm आयोजना २०८१ साल माघ महिनामा सम्पन्न भएको थियो । प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा बसेको बैठकमा सिमकोट गाउपालिका अध्यक्ष बिजय भण्डारी,उपाअध्यक्ष सुसिला भाम रोकाया,वडा नम्बर ४,५ ६ र ७ का वडा अध्यक्ष, राजनितिदलका प्रमुख एवम प्रतिनिधि, खानेपानी सिचाई तथा उर्जा बिकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख नवाङ लामा, पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत लगाएत जिल्ला स्थित कार्यरत पत्रकारहरु लगाएत सम्बन्धित निकायका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थि रहेको थियो ।