🔊 Live Radio Stream

किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

radiomansarowar.com

सिमकोट गाउँ पालिका ८ स्याँडा स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।   कशोरकिशोरीहरूलाई गुणस्तरीय, सहज तथा मैत्रीपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाका मापदण्ड, स्वास्थ्य संस्थाले पूरा गर्नुपर्ने सूचकहरू, किशोरकिशोरीको स्वास्थ्य अधिकार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल तथा अभिमुखीकरण गरिएको स्याँडा स्वास्थ्य चौकीमा ईन्चार्ज नर भण्डारीले जानकारी दिएका छन् ।

१ दिनसम्म सञ्चालन भएको कार्यक्रमले स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री घोषणा गर्न आवश्यक तयारी तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको समेत ईन्चार्ज भण्डारीले बताएका छन्  । सहभागीहरूले किशोरकिशोरीको स्वास्थ्य तथा विकाससँग सम्बन्धित सेवाहरूलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने  प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया