🔊 Live Radio Stream

बुवाको मुख हेर्ने दिन : कसैले बुवाको आशीर्वाद पाए, कसैले सम्झनामा आँसु झार्दै तर्पण गरे

radiomansarowar.com

काठमाडौं भदौ २६  आज कुशेऔँसी अर्थात् बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीले घरघरमा पवित्र कुश भित्र्याएर तथा जीवित बुवालाई सम्मान गर्दै यो पर्व मनाइरहेका छन्।

भाद्रकृष्ण औँसीका दिन मनाइने कुशेऔँसीमा आज उखेलिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने धार्मिक मान्यता रहेको छ। यस दिन छोराछोरीले आफ्ना बुवालाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने परम्परा छ।

बुवा दिवङ्गत भइसकेकाहरूले भने गोकर्णेश्वर महादेव मन्दिरलगायत विभिन्न तीर्थस्थलमा पुगेर पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने गरेका छन्।

काठमाडौँको गोकर्णेश्वरमा आज विशेष मेला लागेको छ भने रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नेहरूको भीड लाग्ने गरेको छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीलाई पितृसम्मान र बुवाप्रतिको श्रद्धा व्यक्त गर्ने विशेष दिनका रूपमा लिइन्छ।

प्रतिक्रिया