🔊 Live Radio Stream

सिमकोट गाउँपालिकाद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर बितरण

radiomansarowar.com

 सिमकोट गाउँपालिकाले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित कम्प्युटर हस्तान्तरण गरेको प्रमुख प्रसासकिय अधिकृत भलाराम पंगालीले रेडियो मानसरोवरलाइ बताउनु भयो ।

सिमकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता विकास तथा डिजिटल शिक्षामा लगानी ,ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नका लागी ४० थान कम्पुटर वितरण गरेको पंगालीले बताउनु भयो । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले  करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा ल्याप्टप कम्प्युटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया