हुम्ला-सिमकोट गाउँपालिका–२ ठेहेस्थित स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य चौकीका इन्चार्ज दान बहादुर बोहराको प्रस्तुतीकरणमा भएको कार्यक्रममा स्वास्थ्य चौकीबाट प्रदान हुँदै आएका सेवा, सेवा प्रवाहको अवस्था, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी स्थानीय सरोकारवालाले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच थप प्रभावकारी बनाउन विभिन्न सुझाव तथा प्रश्न राखेका थिए। प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्दै स्वास्थ्य सेवालाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने प्रतिबद्धता स्वास्थ्य चौकीले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। अन्त्यमा स्वास्थ्य चौकीका इन्चार्ज बोहराले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।