हुम्ला भदौ -२९ लामा सांस्कृतिक मञ्च, हुम्लाको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मञ्चका अध्यक्ष छेपाल दोर्जे लामाको अध्यक्षतामा तथा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।
सभामा मञ्चले विगतमा गरेका गतिविधि, उपलब्धि तथा चुनौतीको समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। विशेषगरी लामा समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, मौलिक पहिचान तथा सांस्कृतिक सम्पदाको संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरणलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
साधारण सभाले मञ्चको संस्थागत विकास, सामुदायिक एकता र सांस्कृतिक संरक्षणका लागि सम्बन्धित निकाय तथा समुदायबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सभामा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण महानुभावलाई मञ्चले धन्यवाद तथा आभार व्यक्त गरेको छ।