🔊 Live Radio Stream

राजमार्ग बन्द गर्ने निर्णयमा बाजुराका प्रमुख जिल्ला अधिकारी लगाएत सुरक्षा निकायका प्रमुखहरुको हस्ताक्षर ः गृह प्रशासन भने मौन

radiomansarowar.com


बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बुधबार बसेको सर्बपक्षिय बैठकले पक्राउ पूर्जी लिएर पक्राउ नगरिएका व्यक्तिलाई यथाशिघ्र पक्राउ नगरिए राजमार्ग अवरोध लगायतका विरोध कार्यक्रम सञ्चालन गर्न वाध्य हुने व्यहोराको जानकारी राजनितिक दल जनप्रतिनिधि तथा घटना सम्बन्धि अन्य प्रतिनिधिहरु सुरक्षा निकायहरुलाई जानकारी गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले मुख्य गरि तिनवटा निर्णय गरेको । जसमा रानिसैन लामपाटा घटनामा संलग्न ब्यतिmलाइ पक्राउ गर्न संघिय सरकारलाइ अनुरोध गर्ने र जिल्ला प्रशान हुम्लालाइ गम्भिर भएर कार्य गर्न अनुरोध गर्ने,पक्राउ पुर्जि लिएर पक्राउ नगरिएका ब्यतिmलाइ यथासिघ्र प्रक्राउ नगरीए राज मर्ग अबरोध लगाएतका बिरोध कार्यक्रम संचालन गर्ने निर्णयमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,बाजुरा प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहरा, सशस्त्र प्रहरी नायव उपरीक्षक खड्ग बहादुर शाही र राष्ट्रिय अनुसन्धान बाजुरा जिल्लाका दिपेन्द्र बहादुर बमसहिते हस्ताक्षर गर्नु भएको छ ।

बाजुरा जिल्लाको मात्र नभइ छिमेकी जिल्लाको समेत शान्ति सुरक्षा अमनचैनको ख्याल गर्नु पर्ने प्रमुख जिल्ला अधिकारीे रानीशैनाको दुई जिल्लाको सिमा विवादमा सक्रिय भएर सडक बन्द लगायतका विरोध कार्यक्रममा सहभागी हुनु भएको प्ररष्ट देखिएको छ । बाजुरा जिल्लाको नियमनकारी निकाय नै कर्णाली करिडोर बन्द गर्न लागि पर्नुले सुशासन, पार्दशिता, शान्ति सुरक्षा लगायतका विषयमा समेत प्रश्न खडा गर्नुको साथै गृह प्रशासनलाइ चुनौति दिएको मान्न सकिन्छ । बाजुराको जिल्ला प्रशासनमा बसेको बैठक लग्गतै कर्णाली करिडोर अन्तगर्त बाजुराको धुलाचौरमा हुम्लीलाइ आवतजावतमा रोक लगाउनुका साथै सडक समेत बन्द गरिएको छ ।

बुधबबार साँझ देखि बाजुराको हिमाली गाउँपालिका केन्द्र धुलाचौरको कर्णाली करिडोर सडक बन्द हुँदा हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, काठमाण्डौं लगायत देशका विभिन्न शहरमा अध्ययन, रोजगारी र औषधि उपचारका लागि जाने यहाँका नागरीक अलपत्र अवस्थामा परेका छन् । यस बिषयलाइ गुह प्रशान मौन देखिनुको कारण के राजमार्ग बन्द गर्ने लाइ किन कार्वाहीको दायरामा ल्याउन नसकेको भन्ने मुल प्रश्न हाम्रो हो ।


प्रतिक्रिया