🔊 Live Radio Stream

हुम्लामा मतगणना सुरु

radiomansarowar.com

हुम्ला जिल्लामा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको छ। जिल्ला सदरमुकाम सिमकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमतिपछि ७: ४५मा सुरु हुने भनिएको मतगणना  करिब   १ घण्टा १५ मिनेट  पछि ९: ५ मा सुरु गरिएको हो।
जिल्लाका विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिकाहरू सुरक्षा व्यवस्थासहित सदरमुकाम सिमकोटमा ल्याइएपछि मतगणना प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ। दुर्गम क्षेत्रहरूबाट केही मतपेटिका हेलिकोप्टरमार्फत ल्याइएको थियो।
मतगणनास्थलमा नेपाल प्रहरी र सशस्त्र पप्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ। उम्मेदवारका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा पारदर्शी रूपमा मतगणना भइरहेको बताइएको छ।
प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया